भारतमा सन् २०२४ को अन्त्यसम्ममा अहिलेसम्मकै धेरै साधारण शेयर (आईपीओ) बिक्री हुने देखिएको छ ।
अहिलेसम्म अर्थात् २०२४ को मेसम्ममा ३० वटा कम्पनीहरुले आईपीओमार्फत २७ हजार ७८० करोड भारतीय रुपया(भारु) जुटाइसकेका छन् । जबकि सन् २०२३ मा विभिन्न ५७ वटा कम्पनीले आईपीओ बिक्री गरेर ४९ हजार ५०० करोड भारु पूँजी संकलन गरेका थिए ।
फ्याक्टसेटका अनुसार भारतको धितोपत्र बजारमा चालू वित्त वर्षको अन्त्यसम्ममा आईपीओ निष्कासनले कीर्तिमानी रेकर्ड कायम गर्ने सम्भाबना छ ।
सीएनबीसीले सोधेको प्रश्नमा नेगेन क्यापिटलका संस्थापक नील बहलले भने, "मैले भारतको लागि यो वर्ष उल्लेखनीय संख्यामा आईपीओ र निजी इक्विटी निष्कासनको साथ रेकर्ड तोड्ने अपेक्षा गरेको छु।"




