काठमाडौँ — सप्तकोशी विकास बैंकका तत्कालीन कार्यकारी अधिकृत नवीन सुवेदी सम्पत्ति शुद्धीकरण मुद्दामा दाेषी ठहर भएका छन् ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँबर, सदस्यद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठकाे इजलाशले सुवेदीलाई शुक्रबार दाेषी ठहर गर्दै ३ वर्ष ३ महिना १८ दिन कैद र २ कराेड ३६ लाख ५४ हजार ४ सय जरिवाना (बिगाेकाे दाेब्बर) काे सजाय सुनाएकाे हाे । अदालतले बिगाे बराबरकाे सम्पत्ति जफत गर्न पनि आदेश दिएकाे छ ।


