नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन अब करिब १० महिना बाँकी छ। आगामी आर्थिक वर्षको मौद्रिक नीति उनको अन्तिम मौद्रिक नीति हुने छ।
गभर्नर अधिकारीले आफ्नो कार्यकालमा ताली र गाली दुबै खाए। सुरुवातमा लचिलाे मौद्रिक नीति ल्याएर वाहावाही कमाएका गभर्नर अधिकारी पछि मौद्रिक नीतिमा कडाइ गर्दा धेरैको आलोचना समेत सहुनु पर्यो।
उनले लिएका नीतिहरुकै कारण अर्थमन्त्रीहरुसँग समेत उनको सम्बन्ध राम्रो रहेन। पूर्बअर्थमन्त्री जनार्दन शर्माको कार्यकालमा त उनलाई पदबाटै हटाउनेसम्मको काम भयो तर पछि अदालतले उनलाई पुनः काममा फर्कन बाटो खुल्ला गरिदियो। काँग्रेसबाट प्रकाशशरण महत अर्थमन्त्री हुँदा पनि गभर्नरको सम्बन्ध खासै राम्रो भएन।



