चालु आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमास (साउनदेखि चैतसम्म) मा बैंक तथा वित्तीय संस्थाहरूको कुल खराब कर्जा औसत ३.९८ प्रतिशत थियो।
चालु आर्थिक वर्षको अन्तिम त्रैमास (साउनदेखि असारसम्म) को अवधिमा यस्तो खराब कर्जा थप बढ्ने बैंकरहरूले बताएका छन्।
'आर्थिक अवस्थामा अझै पनि सुधार देखिएको छैन,' नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले भने, 'चौथो त्रैमासमा खराब कर्जा थप केही बढ्ने नै सम्भावना छ।'
गत असोजमा औसत ३.६६ प्रतिशत रहेको कुल खराब कर्जा पुसमा बढेर ३.७३ प्रतिशत पुगेको थियो। त्रैमासिक रूपमै खराब कर्जा बढ्ने क्रममा देखिएको छ।



