बजारमा पैसा धेरै भएपछि आज राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ झिक्दै


  • Himalayan Bank Limited (HBL)
बजारमा पैसा धेरै भएपछि आज राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ झिक्दै

काठमाडौँ — बैंक तथा वित्तीय प्रणालीमा पैसा (तरलता) बढी भएपछि आज फेरि राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो ।

केही दिनयता राष्ट्र बैंकले निरन्तर जसो बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा आज १४ दिनका लागि ३५ अर्ब रुपैयाँ झिक्न लागेको हो ।

यसका आज दिउासो ३ बजेसम्म बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

Read More