काठमाडौँ । ‘फेक’ नाफा देखाएर आईपीओ जारी गर्न खोज्ने चिनियाँ कम्पनी कारबाहीमा परेको छ । वास्तविक नाफा भन्दा ११८.५ प्रतिशत अर्थात १७ लाख डलर बढी नाफा देखाएर आईपीओ जारी गर्न खोज्ने चीनको स्थानीय चिप निर्माता कम्पनी ‘एस टू सी’लाई कारवाही गरेको हो ।
वित्तीय विवरणमा छेडखानी गरेको पाइएपछि ‘एस टू सी’लाई कारबाही गरिएको चीनको संघाई स्टक एक्सचेञ्जले जनाएको छ ।





