लघुवित्तका पिताको रुपमा विश्व परिचित अर्थशास्त्री/ प्रोफेसर डा मोहम्मद युनुस खाँ सहित १३ जना विरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरिएको छ । उनीमाथि बंगलादेशको सबैभन्दा ठूलो टेलिकम कम्पनीमा २० लाख डलर अपचलन गरेको आरोपमा अदालतमा मुद्दा दायर भएको हो ।
ढाकाको एक विशेष अदालतले बुधबार नोबेल पुरस्कार विजेता प्रोफेसर मुहम्मद युनुस र अन्य १३ जनालाई टेलिकम कम्पनीका कर्मचारीको लाभांशबाट २० लाख अमेरिकी डलरभन्दा बढी हिनामिना गरेको अभियोग लगाएको छ ।


