बैंक, वित्तीय संस्थाको नाफा १५ प्रतिशतले घट्यो


  • Himalayan Bank Limited (HBL)
बैंक, वित्तीय संस्थाको नाफा १५ प्रतिशतले घट्यो

काठमाडौं । आर्थिक गतिविधिमा कमी आई कर्जा असुली कमजोर हुँदा चालू आर्थिक वर्ष (आव) को वैशाखसम्ममा बैंक, वित्तीय संस्थाको नाफा १५ प्रतिशतभन्दा धेरैले घटेको छ । आर्थिक गतिविधिमा आएको शिथिलतासँगै बैंकहरूको कर्जा लगानी घट्नुका साथै जोखिम व्यवस्थाबापत छुट्ट्याउनुपर्ने रकम बढेपछि नाफामा असर परेको हो । 

नेपाल राष्ट्र बैंकका अनुसार आव २०८०/८१ को वैशाखसम्ममा बैंकहरूले ५३ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आवको यसै अवधिको तुलनामा नाफा १५ दशमलव शून्य ३ प्रतिशतले कम हो । गत आवको यसै अवधिमा बैंकहरूले ६२ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएका थिए । 

Read More