महतको नजिक भएको आशंकामा एकपछि अर्काे सहसचिवहरुलाई लेखेटिदैं,साढे २ महिनाकाे अपमानपछि सापकोटालाई महत्वपूर्ण जिम्मेवारी


  • Himalayan Bank Limited (HBL)
महतको नजिक भएको आशंकामा एकपछि अर्काे सहसचिवहरुलाई लेखेटिदैं,साढे २ महिनाकाे अपमानपछि सापकोटालाई महत्वपूर्ण जिम्मेवारी

अर्थ मन्त्री वर्षमान पुनले साढे २ महिनासम्म ‘परिक्षण’ गरेपछि सहसचिव नारायणप्रसाद सापकोटालाई अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिएका छन् । गत चैत १२ मा प्रधानमन्त्री कार्यालयबाट अर्थ मन्त्रालय भित्रिएका सहसचिव सापकोटालाई त्यसयता कुनै जिम्मेवारी नदिइ राखिएको थियो ।

सापकोटालाई प्रशासन प्रमुख बनाए पछि त्यहाँ रहेका डा.टोकराज पाण्डेलाई जगेडामा राखिएको छ। निजामती प्रशासनका हाकिमहरु पाण्डेलाई ‘पहुँचवाला हाकिम’ को रुपमा चिन्दछन् । तर, तिनै पाण्डेलाई बजेट भाषण लगत्तै अर्थमन्त्री पुनले जगेडामा राख्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रशासन संयन्त्रमा कुनै कर्मचारीलाई जगेडा वा फाजिलमा राख्नुको अर्थ कारवाहीकै एक रुपको रुपमा लिइन्छ । कुनै जिम्मेवारी नतोकिने भएकोले त्यसरी रहने कर्मचारी पेण्डुलम जस्तै हुन्छन् । धेरै जसो अवस्थामा कार्यक्षमतामा असक्षम भएकाहरुलाई जिम्मेवारी नदिई त्यसरी जगेडामा राखिन्छ भने राजनीतिक आस्थाको आधारमा पनि कर्मचारीहरुलाई त्यसरी राख्ने गरिन्छ । अहिले अर्थमन्त्री पुनले जगेडामा राखेका पाण्डे कांग्रेस नेता तथा तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतका विश्वासपात्र मानिन्छन् । महतले नै उनलाई प्रधानमन्त्री कार्यालयबाट अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुख बनाएका थिए ।

Read More