बुधबार १७ वटा बीमा कम्पनीको शेयर भाउ घटेको छ । समग्रहमा शेयर बजार परिसूचक ६.३७ अंकले बढे पनि १७ वटा बीमा कम्पनीको शेयर भाउ घटेको हो ।
जीवन तर्फका ६ कम्पनीको शेयर मूल्य घटेको छ भने निर्जीवन तर्फका १० र एक पुनर्बीमा कम्पनीको शेयर मूल्य घटेको हो ।
जीवन तर्फ सिटिजन्स लाइफ, हिमालयन लाइफ, लाइफ ईन्स्योरेन्स कर्पाेरेशन नेपाल, नेशनल लाइफ, रिलायबल लाइफ र सानिमा रिलायन्स लाइफको शेयर मूल्यमा गिरावट आएको छ ।




