१६ औं योजनामा उत्पादनमूलक उद्योग प्राथमिकताभन्दा बाहिर


  • Himalayan Bank Limited (HBL)
१६ औं योजनामा उत्पादनमूलक उद्योग प्राथमिकताभन्दा बाहिर

काठमाडौं– कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उत्पादनमूलक उद्योग क्षेत्रको योगदान घटेको भनेर आलोचना भइरहेका बेला सरकारले झनै न्यून लक्ष्य राखेको छ। राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको १६ औं पञ्चवर्षीय योजनामा अर्थतन्त्रको आकारदेखि प्रतिव्यक्ति आय र आर्थिक वृद्धिको लक्ष्य उच्च राखिँदा जीडीपीमा उत्पादनमूलक उद्योगको योगदान वृद्धिको लक्ष्य न्यून राखिएको हो।

योजना आयोगका अनुसार जीडीपीमा उत्पादनमूलक उद्योगको योगदान गत आर्थिक वर्ष २०७९–८० मा ५.२ प्रतिशत छ। १६ औं पञ्चवर्षीय योजनाको अन्तिम वर्ष अर्थात् २०८५–८६ सम्ममा यसलाई ०.२ प्रतिशतले बढाएर ५.४ प्रतिशतमात्र पुर्याउने लक्ष्य राखिएको छ। यो लक्ष्यलाई हेर्दा उत्पादनमूलक उद्योगको क्षेत्रमा सरकारले केही गर्न नसकिने भन्दै हात झिकेको जस्तो देखिन्छ।

Read More