काठमाडौं : भारतीय सेयर बजार नियामक ‘सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन (सेबी)’ ले सेयर बजारमा गैरकानुनी ढंगबाट चलखेल गर्ने ८ जनालाई प्रतिबन्ध लगाएको छ । सेबीले भारतीय टेलिभिजन च्यानलमा ‘सीएनबीसी आवाज’ को सेयर बजार सम्बन्धी कार्यक्रमको पूर्वप्रस्तोता प्रदीप पाण्ड्या र धितोपत्र बजारका अन्य ७ संस्थालाई ठगी कारोबार गरेको अभियोगमा ५ वर्षसम्म धितोपत्र बजारमा प्रतिबन्ध र सामुहिकरुपमा २.६ करोड भारु जरिवाना गरेको पीटीआईले उल्लेख गरेको छ ।





