२८ जेठ, काठमाडौं । तत्कालिन सेन्चुरी बैंकले कमसल धितोमा ऋण दिएको प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका अध्यक्ष राजेश श्रेष्ठ र सञ्चालक समितिका सदस्यहरु दुई दिन हिरासतमा रहने भएका छन् ।
सोमबार पक्राउ परेका उनीहरुलाई मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । अदालतले उनीहरुमाथि अनुसन्धानका लागि दुई दिनको समय दिएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।



