श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र मलेसियाका मानव शंसाधन मन्त्री H.E. Mr. Chee Keong SIM द्धिपक्षीय भेटवार्ता भएको छ । जेनेभामा जारी अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को ११२ औं अन्तराष्ट्रिय श्रम सम्मेलन (आईएलसी) मा सहभागी हुने क्रममा मलेसियन समकक्षी बीच भेटवार्ता भएको हो ।
भेटमा मन्त्री अर्यालले नेपाली श्रमिकको लागि २४ घण्टे बिमा सुविधाको व्यवस्था गर्न आग्रह गरे । त्यस्तै, नेपाल सरकारले श्रमिकको सीप विकासलाई प्राथमिकतामा राखेको बताउँदै सीप विकासका लागी सहकार्य गर्न समेत आग्रह गरे । “हामी नेपाली श्रमिकलाई सीप सिकाएर पठाउँन चाहन्छौ । तपाईहरुले चाहेको सीप सहितको श्रमिक पठाउन हामी इच्छुक छौ । नेपाली श्रमिकको सीप विकासमा सहकार्य गरौैै,” उनले भने ।


