जेठ ३० गते बुधबार, ज्येष्ठ शुक्लपक्ष षष्ठी तिथि
मेष
आजको दिन उपलब्धिमुलक हुनेछ । गरेका कामबाट सन्तुष्टि मिल्नेछ । रचनात्मक र सिर्जनात्मक कामले फाइदा दिनेछ । धन सम्पत्ति आर्जन हुनेछ।
वृष
आज वृष राशिलाई आर्थिक कारोबार र लेनदेनमा घाटा हुन सक्छ। काममा अपजस खप्नुपर्ने हुन सक्छ। शेयरबाट नोक्सान हुन सक्छ।
मिथुन
सम्पत्ति आर्जन हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ। कामलाई निरन्तरता दिंदा राम्रो हुनेछ।
कर्कट
आज तपाईंलाई सामान्य आर्थिक समस्या आउन सक्छ। काम तथा व्यवसाय सामान्य रहन सक्छ।
सिंह
आज तपाईंलाई सुख र आनन्द मिल्ने र धनको प्राप्ति हुनेछ। काम गर्नेले काममा पदोन्नति वा नयाँ जिम्मेवारी पाउन सक्ने र व्यवसाय गर्नेले राम्रो नाफा कमाउन सक्छन्।
कन्या
आज कन्या राशिका व्यक्तिहरुको मानसिक चिन्ता बढ्ने र धनको हानी हुन सक्नेछ। स्वास्थ्यमा समस्या आउने र काममा उचित ध्यान दिन सकिंदैन।
तुला
आज तपाईंलाई चौतर्फी लाभका अवसरहरु मिल्नुका साथै रोकिएका कामहरु पनि सम्पन्न हुनेछन्। शिक्षामा गरेको लगानीबाट उन्नति हुने देखिन्छ।
वृश्चिक
चन्द्रमा आज तपाईंको राशिबाट दशौँ राशिमा रहेकाले आज काममा प्रगति र मानसम्मान प्राप्त हुन सक्छ। नयाँ काम सुरु गर्न चाहनेको लागि समय राम्रो छ।
धनु
सामाजिक, स्वास्थ्य, राजनीति, पारिवारिक क्षेत्र यथावत रहेको छ। लगानी भने नगर्नु उचित देखिन्छ।
मकर
दीर्घकालीन योजना नबनाएको राम्रो। आज ठूलो नाफा गर्न सकिँदैन भने अरु कार्यमा सामान्य छ।
कुम्भ
शिक्षा, स्वास्थ्य, क्षेत्रमा धेरै राम्रो छ। तपाईले गरेको श्रम लगानीबाट फाइदा हुने सम्भावना छ। आफन्तबाट सहयोग मिल्नेछ।
मीन
आज तपाईंलाई धनको लाभ मिल्न सक्ने, नँया काम सुरु गर्न सक्ने रहेको छ।



