बीमाले यसरी बनाउँछ सुरक्षित


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बीमाले यसरी बनाउँछ सुरक्षित

खोटाङकी रुपाले श्रीमान गुमाईन । एक छोरा र एक छोरीको साथमा जसोतसो सुखैका साथ दैनिकि गुजारा गर्दै आईरहेका थिए रुपा परिवारले । जीवन सोचे जस्तो सरल र सहँज कसको पो हुन्छ र । त्यस्तै, घटना घट्न पुग्यो उनको परिवारमा पनि ।

मेहनतमा आस्था राख्ने रुपा परिवार हरपल आफ्नो काममा लगनशिल रहन्थे । उनीहरुले एक बैंकबाट व्यापार गर्न केही रकम ऋण लिएका थिए । ऋण लिदाँ रुपाका श्रीमानले एक बीमा कम्पनीमा आफ्नो जीवन बीमा गराएका थिए । बैंकबाट लिएको पैसाबाट उनीहरुले बङ्गुर व्यवसाय चलाउँदै आईरहेका थिए । व्यवसाय राम्रै चल्दै थियो । त्यहि व्यवसायबाटै उनीहरुको दैनिकि चल्दै थियो । रुपाका श्रीमानको अचानक मृत्यु भयो ।

परिवारमा श्रीमान गुमाएको पीडा एकातिर छदैँ थियो अर्को तिर थियो ऋणको बोझ, अनि आर्थिक संकट उस्तै । रुपाको यस्तो अवस्थालाई केही हद सम्म बीमा कम्पनीले सहयोग प्रदान गर्यो ।

श्रीमानको अभाव भए पनि रुपाले आफ्नो आट अनि जोशलाई कहिलै गिराईनन । र आज सफल पनि छिन् । रुपाले त्यहि बीमा कम्पनीबाट प्राप्त रकमले आफ्नो व्यवसाय चलाउँदै आएकि छिन् ।

एक्लिएनन रमिताका छोरा सिमन
२ वर्ष अघि सिमनकी आमा वैदेशिक रोजगारीको लागि मलेशिया गएकि थिईन । छोराको भविष्य सुन्दर बनाउने सपना लिएर रमिता जन्मभुमि छोडेर विदेशिईन । दुर्भाग्य वैदेशिक रोजगारीकै शिलशिलामै उनको मृत्यु भयो ।

रमिताको मृत्यु भए पछि यता उनका छोरा सिमन आमाको साथ नपाए पनि आर्थिक अभावले भने छट्पटिनु परेन ।
रमिताको ७ वर्षिय छोरालाई उनले बीमा गरेको कम्पनीले वैदेशिक रोजगार अन्तर्गत मृत्यु दाबी भुक्तानी वापत रकम भुक्तानी गर्यो । सोही बीमा कम्पनीले प्रदान गरेको बीमा रकमबाट आज ७ वर्षिय सिमनको पढाई खर्च चल्दै छ ।

यी दुई त केही उदाहरणका पात्रहरु मात्र हुन् । बीमाबाटै प्राप्त भएको रकमले कतिपयको जीवन सहज तरिकाले बितिरहेको छ । घरमा आम्दानी गर्ने मान्छेको अभाव रहेता पनि उसले बीमा वापत दिएको योगदान नै कारण उनीहरु ठुलो आर्थिक संकटलाई सामना गर्न सकेका छन् । परिवारमा कमाउने मान्छे गुमाउँदाको

लामो समय देखि बीमा व्यवसायको विस्तार भएता पनि आज पनि आम मानिसहरुमा बीमाको चेतना पुग्न सकेको देखिँदैन । अझै पनि नेपाली समाजमा बीमा के हो र यो के का लागि भन्ने ज्ञान छैन् ।

तर, इतिहासलाई मध्य नजर गर्ने हो भने अहिले भने बीमा क्षेत्रमा केही परिवर्तन भने भएका देखिन्छन् । नेपाली बीमा बजारमा पछिल्लो समय बीमा कम्पनीहरुको संख्या ४० पुगेको छ । त्यसमा पनि २० जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । समितिको तथ्याङ अनुसार बीमाको पहँचमा रहेको जनसंख्या १८ प्रतिशत रहेको छ । गाँउ गाँउमा बीमा कम्पनीहरुको शाखा, उपशाखा सञ्चालन हुन् पुगेका छन् ।

के हो बीमा ?

Read More
  • MBL - below news