काठमाडौँ । बजेटले लिएको कर नीतिका कारण खाना पकाउने एलपी ग्यास ढुवानी प्रभावित बन्ने जोखिम बढेको छ । बजेटमार्फत सरकारले खाना पकाउने एलपी ग्यास ढुवानी गर्ने प्रति बुलेट १५ सय कर लगाएको थियो । यही नीतिका कारण आइतबारदेखि भन्सार बिन्दुमा एलपी ग्यास बोकेका सयौँ भारतीय सवारी (बुलेट) रोकिएका छन् ।
जसकारण, आन्तरिक बजारमा ग्यास आपूर्तिको शृङ्खला नै प्रभावित बन्ने जोखिम बढेको छ । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ बजे घोषणा गरेको बजेटमार्फत ग्यास ढुवानी गर्ने सवारी नेपाल छिर्दा प्रत्येक पटक १ हजार ५०० रुपैयाँका दरले कर तिर्नुपर्ने व्यवस्था गरेका थिए । सो व्यवस्थाअनुसार भारतीय सवारीले स्वयं कर बुझाउँदै आएका थिए । तर आइतबारदेखि भन्सार कार्यालयले प्रज्ञापनत्रपमा नै यो करलाई समावेश गरेपछि आयात प्रक्रिया रोकिएको हो ।



