सम्पत्ति शुद्धीकरणका मामिलामा नेपाललाई जोगाउन बन्यो यस्तो ‘रणनीति’


  • Himalayan Bank Limited (HBL)
सम्पत्ति शुद्धीकरणका मामिलामा नेपाललाई जोगाउन बन्यो यस्तो ‘रणनीति’

सम्पति शुद्धीकरण मामिलामा व्यापक सुधार गर्ने उदेश्यका साथ नेपालले पाँच वर्षे रणनीतिको खाका बनाएको छ। अहिलेको रणनीतिअनुसार काम भएमा सम्पत्ति शुद्धीकरणका विषयलाई लिएर नेपाल अन्तरराष्ट्रिय निगरानीमा पर्ने खतरा टर्ने विश्वास छ।   

केहि समय अघि मात्र सम्पत्ति शुद्धीकरणसम्बन्धी कानूनहरूमा संशोधन गरेको नेपालले पाँच वर्षे रणनीतिको खाका बनाएर काम अगाडी बढाउने उदेश्य लिए पनि कार्यन्वयन भने चुनौतिपूर्ण रहेको विज्ञहरु बताउँछन्। 

तर सरकारी अधिकारीहरू रणनीतिमा समावेश भएका बुँदाहरुलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजाने बताउँछन्। उक्त रणनीतिको मस्यौदालाई अर्थमन्त्री वर्षमान पुन अध्यक्ष रहेको सम्पत्ति शुद्धीकरण निर्देशक समितिको बैठकले गत बुधबार परिमार्जनसहित पारित गरेको छ।

Read More