कोशि प्रदेशमा बीमाको पहुँच ४५ प्रतिशत बढी रहेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको कोशि प्रदेशको आर्थिक तथा वित्तिय अवस्थाको संक्षिप्त विवरणमा त्यहाँ ४५.१६ प्रतिशत जनसंख्या बीमाको दायरामा रहेको उल्लेख छ ।
उक्त प्रतिवेदन अनुसार कोशि प्रदेशमा हाल २० लाख ४३ हजार ७६ वटा बीमालेख सक्रिय रहेको छ । जसमध्ये १७ लाख ६८ हजार ८९३ वटा जीवन र २ लाख ७४ हजार १८३ वटा निर्जीवन बीमालेख सक्रिय रहेको छ ।


