काठमाडौँ — अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले नेपालको श्रम बजारलाई पूर्ण रूपमा औपचारिक क्षेत्रमा परिणत गर्न नेपाललाई प्राविधिक सहयोग गर्ने सहमति गरेको छ । नेपालको श्रम बजारमा ८४.६ प्रतिशत हिस्सा अनौपचारिक क्षेत्रको पर्छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव घनश्याम उपाध्याय र आईएलओका उच्च अधिकारीहरूबीच जेनेभामा भएको बैठकमा नेपालको श्रम बजारलाई पूर्ण रूपमा औपचारिक बनाउने सहमति भएको हो । अनौपचारिकको सबैभन्दा ठूलो हिस्सा भएको श्रम बजारलाई औपचारिकीकरण गर्न श्रम मन्त्रालयले गत असार २१ मा केन्द्रीय श्रम सल्लाहकारको परिषद्ले नेपालमा अनौपचारिक क्षेत्रलाई औपचारिकीकरण गर्न पञ्चवर्षीय रणनीतिक योजना पारित गरेको थियो ।


