पुस १२ को निर्देशनपछि किन आइपिओ स्वीकृति दिन हच्कियो बोर्ड ?


  • Himalayan Bank Limited (HBL)
पुस १२ को निर्देशनपछि किन आइपिओ स्वीकृति दिन हच्कियो बोर्ड ?

नेपाल धितोपत्र बोर्डको कार्यकारीको भूमिकामा अर्थ मन्त्रालयका सहसचिव नरेन्द्रकुमार राना नियुक्त भएको दुई साता भइसकेको छ । पूर्ण अधिकार सहितको कार्यकारी भूमिकाको जिम्मेवारी पाएका रानाले दुई सातासम्म पनि पाइपलाइनमा रहेका कम्पनीहरूको आइपिओ निष्काशनको अनुमति दिएका छैनन । 

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदबाट रमेश हमाल बिदा भएकोे ठ्याक्कै ५ महिना भइसकेको छ । उनी गएको पुस २० गते अध्यक्ष पदबाट बिदा भएका हुन् । उनको कार्यकाल २० पुसबाट सकिएपछि कुनै पनि कम्पनीको आइपिओ र हकप्रद निष्कासन भएको छैन । लामो समयसम्म अध्यक्ष नियुक्ति नहुँदा आइपिओको अनुमति प्रभावित भएको हो । 

Read More