काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालसँग सोमबार ‘फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की) को प्रतिनिधिमण्डलले भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री दाहाल बसेको होटल ताजमा भएको भेटमा प्रधानमन्त्री दाहालले नेपालमा लगानीको सम्भावना रहेकोबारे व्यवसायीहरुलाई आग्रह गरेका थिए ।


