असारमा पनि निक्षेपको ब्याजदर घट्ने!


  • Himalayan Bank Limited (HBL)
असारमा पनि निक्षेपको ब्याजदर घट्ने!

आगामी असारमा पनि बैंकहरूले निक्षेपको ब्याजदर सामान्य घटाउन सक्ने संकेत गरेका छन्।

आर्थिक वर्षको अन्तिम महिना असारमा सरकारी खर्चमा वृद्धि हुने भएको र हालसम्म पनि कर्जा लगानीमा सुधार नदेखिएकोले ब्याजदर सामान्य घटाउने भएका हुन्। वार्षिक वासलातमा राम्रो अवस्था देखाउन कर्जा लगानीभन्दा ऋण असुलीमै बैंकहरूको ध्याउन्न हुन्छ।

'कर्जा लगानी बढ्न सकेको छैन, असारमा निक्षेप थपिने भएकोले सामान्य ब्याजदर घटाउनुपर्ने अवस्था नै छ,' एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत तथा बैंकर संघका अध्यक्ष सुनिल केसी बताउँछन्।

Read More