आगामी दिनमा बेरुजुको आयतन बढ्ने निश्चित


  • Himalayan Bank Limited (HBL)
आगामी दिनमा बेरुजुको आयतन बढ्ने निश्चित

काठमाडौं- संघीय प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सरकारी बेरुजु फर्छ्यौट तथा सरकारी बाँकी सरह असुलउपर गर्ने काम प्रभावकारी नभएकाले कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयको काम प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

बेरुजु फर्छ्यौटको अवस्था र समस्या समाधानका लागि अर्थ मन्त्रालय, महालेखापरीक्षकको कार्यालय र कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयसँग समितिले साेमबार छलफल गरेको थियो । सोमबारको छलफल तथा बैठकमा बेरुजु फर्छ्यौट र सरकारी बाँकीसरह असुलउपर गर्नुपर्ने रकम असुल गर्न देखिएका समस्या समाधानका लागि निर्देशन दिएको समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

Read More