काठमाडौं : अष्ट्रेलियाको सेयर बजार अल टाइम हाईको नजिक पुगेको छ । त्यहाँको अष्ट्रेलियन सेक्युरिटिज् एक्सचेन्जको बेन्चमार्क ‘एयु २००’ डन्डेक्स ७८०२ विन्दुमा छ । यो सन् २०२४ मार्चमा करिब ७९०० विन्दुमा बन्द भएको थियो । त्यसपछि केहि करेक्सन आएर आप्रिलमा सूचक इन्ट्रा डे ७५०० सम्म झरेको थियो । अहिले पुनः बढेको चार्टमा देखिएको छ ।





