सोमबार ४ घण्टाको लागि बैंकहरुको मोबाइल बैंकिंग नचल्ने भएको छ। फोन पे ले डाटाबेस अपग्रेट गर्न लागेकोले बैंकहरुको मोबाइल बैंकिंग नचल्ने भएको हो।
भुक्तानी प्रणाली सञ्चालक फोन पे ले एक सूचना प्रकाशित गर्दै डाटाबेस अपग्रेट गर्न लागेकोले ४ घण्टा सेवा अवरुद्ध हुने जनाएको छ । सोमबार दिउँदा १ बजेदेखि ५ बजेसम्म सेवा अवरुद्ध हुने ‘फोन पे’ ले जनाएको छ ।
अधिकाँश बैंकहरुको अनलाइन बैंकिंग फोनपेले सञ्चालन गरेको छ। यसले गर्दा क्यूआर स्क्यान लगायतका डिजिटल बैंकिङ सेवा प्रभावित हुनेछ ।



