विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट निर्माणको अन्तिम तयारी गरिरहेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता खगेन्द्र खड्काले बजेट निर्माणको अन्तिम तयारी गरिरहेको जानकारी दिए ।
‘संघीय सरकारले बजेट ल्याइसकेको छ । बजेटका अनुमानित स्रोतहरूको अनुमान पनि आइसकेको छ,’ खड्काले भने, ‘अब प्रोभिन्सियल लाइन मन्त्रालय बजेट सूचना प्रणाली (पीएलएमबीआईएस) मा योजनाहरू समाविष्ट गर्ने काम सुरु हुन्छ ।’



