एलिट मर्चेन्ट क्यापिटल लिमिटेडले हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले आगामी असार ५ गतेसम्म हकप्रद शेयरका लागि आवेदन दिन शेयरधनीहरुका नाममा सार्वजनिक सूचना जारी गरेको छ।
हाल संस्थापकहरुका लागि मात्र निष्काशन गरिएको हकप्रदमा १००:२५ अर्थात् २५ प्रतिशत हकप्रद निष्काशन गरिएको हो । यदी कुनै संस्थापकले हकप्रद लिन नचाहेमा मात्रै बिद्यमान अन्य शेयरधनीले खरिदको अवसर पाउनेछन् ।
यो हकप्रद निष्काशनपछी एलिट क्यापिटलको चुक्तापुँजी २२ करोड ५० लाख पुग्नेछ । हकप्रदपछि संस्थाको जारी पुँजी २८ करोड १२ लाखको २० प्रतिशत शेयर सर्वसाधारणलाई आईपिओमार्फत विक्री गरिने योजना क्यापिटलले बनाएको छ ।
नेपाली व्यवशायी, गैरआवासीय नेपाल, शेयर बजारका लगानीकर्ता, बैंकर्स र उद्यमीहरुको प्रयासमा स्थापित एलिट क्यापिटलले बिभिन्न मर्चेन्ट बैंकिङ सेवाहरु दिइरहेको छ । पोर्टफोलियो मेनेजमेन्ट, कर्पोरेट एडभाईजरी, अण्डरराईटिङ तथा डिम्याट सेवा प्रदान गरिरहेको छ ।





