काठमाडौंको स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको सात करोड चालीस लाख रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोपमा सीआइबीले तीन जनालाई पक्राउ गरेको छ ।
महानगरपालिकाको सहकारी विभागको अनुसन्धान र सिफारिसपछि सीआइबीले थप अनुसन्धानबाट सहकारीको ७ करोड ४० लाख ८७ हजार ८६० रुपैयाँ बचत रकम अपचलन गरेको निष्कर्ष निकाल्दै अध्यक्ष काठमाडौं महानगरपालिका १४, कुलेश्वरका ६६ वर्षीय बासुदेवमान जोशी, सचिव काठमाडौं महानगरपालिका २५, केलकोलका ६७ वर्षीय सुवर्ण सेलालिक र सदस्य काठमाडौं महानगरपालिका २६ नरदेवीका ५८ वर्षीय धर्मरत्न पाछैंलाई पक्राउ गरेको हो ।



