भारतले विस्फोटक पदार्थ निर्यातमा रोक लगाउँदा विभिन्न ३५ जलविद्युत आयोजनाको निर्माण प्रभावित भएको छ।
भारतले विस्फोटक पदार्थ आयात अनुमति नदिँदा एक हजार ९५८.३४ मेगावाट क्षमताका ३५ आयोजना प्रभावित भएको स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था इप्पानले जनाएको छ।
भारतले लामो समयदेखि नयाँ आयात र आयात नवीकरणका लागि नो अब्जेक्सन लेटर (एनओसी) दिएको छैन। जसले गर्दा निमार्णाधीन र नयाँ आयोजना प्रभावित भएका हुन्।



