काठमाडौं : ऋणको बोझले विश्वव्यापी समृद्धिमा चुनौती बढाएको संयुक्त राष्ट्रसंघले बताएको छ । संयुक्त राष्ट्रसंघले जारी गरेको नयाँ प्रतिवेदनले विश्वव्यापी सार्वजनिक ऋणमा अभूतपूर्व वृद्धि भएपछि ऋणको बोझलाई लिएर चेतावनी दिएको हो । विश्वव्यापी ऋणको बोझमा डरलाग्दो वृद्धिका कारण मानिस र ग्रह दुवैको समृद्ध भविष्यको रक्षा गर्न अन्तर्राष्ट्रिय वित्तीय प्रणालीहरुमा तत्काल सुधारका लागि आह्वान पनि गरेको छ ।



