पछिल्ला महिनामा बीमा पोलिसी परित्याग (सरेण्डर) गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ । जीवन बीमा पोलिसी खरिद गरेर तोकिएको अवधि पूरा नभई छाड्नेको संख्या बढेको नियामक निकाय बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ ।
नेपाल बीमा प्राधिकरणको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको १० महिनामा जीवन बीमा कम्पनीहरुबाट १० अर्ब ७० करोड रुपैयाँको बीमा पोलिसी परित्याग भएका छन् । तथ्यांक अनुसार विभिन्न जीवन बीमा कम्पनीहरुबाट बीमितहरुले ८७ हजार २०१ वटा बीमा पोलिसी परित्याग गरेका छन् ।


_20240609170413.jpg)
