बैंकिङ कसुरका मुद्दा बढे, सुरक्षित कारोबार गर्न आग्रह


  • Himalayan Bank Limited (HBL)
बैंकिङ कसुरका मुद्दा बढे, सुरक्षित कारोबार गर्न आग्रह

काठमाडौं : नेपाल प्रहरीले सुरक्षित रुपमा बैंकिङ कारोबार गर्न आग्रह गरेको छ । नेपालमा निरन्तर बैंकिङ कसुरका घटनाहरु बढदै गएको भन्दै सुरक्षित रुपमा बैंकिङ कारोवार गर्न आग्रह गरेको हो । 

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरिक्षक दिनेश राज मैनालीले नियतवस वा अन्जानमा बैंकिङ कसुरका घटनाहरु बढदै गएको जानकारी दिए। गत आर्थिक वर्षमा १६ हजार ३ सय २२ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएको भन्दै उनले यस आर्थिक वर्षमा अहिलेसम्म १३ हजार ३ सय १० वटा मुद्दा दर्ता भएको बताए । आफूले काटेको चेकअनुसारको रकम आफ्नो खातामा नभएको जानी जानी चेक दिने घटनाहरु धेरै आएको प्रहरीले जनाएको छ । 

Read More