काठमाडौं । वैशाखमा धितोपत्र बजारमा हुने अडलट कारोबार चैतको तुलनामा घटेको छ ।
धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ अनुसार लगानीकर्ताहरूले आफूसँग एक सय रुपैयाँ अंकित मूल्य भएको १० कित्ताभन्दा कम धितोपत्र भएमा वा १० रुपैंया अंकित मूल्य भएको एक सय कित्ता भन्दा कम धितोपत्र भएमा त्यस्तो धितोपत्रको कारोवारलाई अडलट भनिन्छ ।



