काठमाडौंकाे नक्कली नोटकाे कारोबार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। प्रहरीले नक्कली नाेटसहित कलंकीबाट २ महिलालाई नियन्त्रणमा लिएकाे हाे ।
शनिबार राति प्रहरीले एउटा चिया पसल चलाउने काठमाडौं महानगरपालिका- १४ की तारादेवी डंगोल र नागर्जुन नगरपालिका-५ की निलिमा श्रेष्ठलाई पक्राउ गरेकाे थियाे। उनीहरूबीचमा कारोबारको खबर पाएका प्रहरीले ४७ वर्षकी तारादेवीलाई नियन्त्रणमा लिएकाे थियाे।
४१ वर्षकी तारादेवीबाट एक हजार नेपाली रूपैयाँको ५ लाख १४ हजार बराबरको ५१४ थान नक्कली नोट प्रहरीले बरामद गरेकाे थियाे। उनलाई पक्राउ गरेर अनुसन्धान गर्दा प्रहरीले निलिमाको संलग्नता पाएकाे थियो। त्यसपछि निलिमालाई नागर्जुन-५ पद्मा कोलनीबाट नियन्त्रणमा लिएकाे हाे ।



