नेपालको पहिलो फेडेरल रिइन्स्योरेन्स ब्रोकरले प्राथमिक शेयर(आईपीओ) निष्कासन गर्ने तयारी थालेको छ। कम्पनीले आईपीओ जारी गर्ने प्रयोजनका लागि नेपाल बीमा प्राधिकरणमा प्रस्ताव पठाइसकेको छ ।
प्राधिकरण स्रोतका अनुसार कम्पनीले ३० प्रतिशत आईपीओ निष्कासन गर्न स्वीकृतिका लागि प्रस्ताव पेश गरेको छ । हाल कम्पनीको चुँक्तापूँजी ५ करोड रुपैयाँ छ । आईपीओ जारीपछि कम्पनीको पूँजी ६ करोड ५० लाख रुपैयाँ पुग्नेछ। अर्थात् कम्पनीले १ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ ।




