यी हुन् स्टार्टअप उद्यम कर्जा पाउने परियाेजनाहरू (सूचीसहित)


  • Himalayan Bank Limited (HBL)
यी हुन् स्टार्टअप उद्यम कर्जा पाउने परियाेजनाहरू (सूचीसहित)

काठमाडौँ — औद्योगिक विकास प्रतिष्ठानले १८३ परियोजनालाई राष्ट्रिय वाणिज्य बैंकमार्फत १९ करोड ४० लाख रुपैयाँ स्टार्टअप कर्जा दिने भएको छ । प्रतिष्ठानले शुक्रबार सुचना निकाल्दै कर्जा सिफारिस गरिएको परियोजनाको सूची सार्वजनिक गरेको हो ।

सिफारिसमा परेका परियोजना प्रस्तावकहरुले व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र, प्यानभ्याट दर्ताको सक्कल प्रमाणपत्र, नागरिकता, ०७९/०८० को करचुक्ता, आधिकारिक व्यक्तिको पासपोर्ट साइजको ३ प्रति फोटो, फर्म वा कम्पनीको छाप लिएर तोकिएको बैंक शाखा कार्यालयमा जानुपर्ने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार काठमाडौंको हकमा थापाथली, ललितपुरको हकमा लगनखेल र भक्तपुरको हकमा ठिमि कार्यालयमा जानु पर्नेछ ।

Read More