बजेट पुस्तिकामाथि छलफल गर्न दलहरूले समय मागेपछि आज र भोलिको संसद बैठक स्थगित


  • Himalayan Bank Limited (HBL)
बजेट पुस्तिकामाथि छलफल गर्न दलहरूले समय मागेपछि आज र भोलिको संसद बैठक स्थगित

काठमाडौं : आज र भोलिको लागि संसद बैठक स्थगित गरिएको छ। बालुवाटारमा आइतबार बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन संसद बैठक स्थगित गर्ने निर्णय गरेको सभामुखको सचिवालयले जनाएको छ।

विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेपछि  बैठक स्थगित गरिएको हो। आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । अब २७ गतेदेखि नियमित छलफल हुनेछ ।

Read More