मदिरा कम्पनी श्री डिस्टिलरीले आइपीओ ल्याउने भएको छ। कम्पनीले सर्वसाधारणलाई प्राथमिक साधारण सेयर जारी प्रस्ताव सहित आफ्नो विशेष साधारणसभा आह्वान गरेको छ।
कम्पनी सञ्चालक समितिले असार ११ गते विशेष साधारणसभा बोलाएको छ। सभा काठमाडौंको बबरमहलस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा दिउँसो २ बजे बस्ने तय गरिएको छ।



