काठमाडौँ — नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरी नेतृत्वको टोलीले सुस्ताएको अटोमोबाइल क्षेत्रलाई माथि उकास्न आवश्यक रहेका नीतिहरुमा सुधार गर्न आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँगको भेटमा टोलीले लोन टु भ्यालु रेसियोलाई ७५ प्रतिशत पुर्याउन आग्रह गरेको हो ।
हाल ५० प्रतिशत रहेकालाई बढाएर ७५ प्रतिशत पुर्याउँदा अटोमोबाइल व्यवसाय गतिशील हुने भन्दै चाैधरीले मौद्रिक नीतिबाटै सम्बोधन गर्न आग्रह गरे । घर जग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी चुक्ता प्रमाण पेस गरेको आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गर्न समेन उनले आग्रह गरे ।


