सरकारले आगामी आर्थिक वर्ष २०८१/ ०८२ का लागि बजेट सार्वजनिक गरेपछि धितोपत्र बजारमा उतारचढाव देखिएको छ ।
अर्थमन्त्री बर्षमान पुनले आगामी आवका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए ।तर बजेटमा धितोपत्र बजारको उत्थान र विकासका लागि कुनै ठोस नीति आउन नसक्दा बजारले ओरोलो यात्रा तय गरेको थियो ।
बजार घटबढ हुनु सामान्य भएता पनि समग्रमा सातामा नेप्से परिसूचक चाहिं बढेको छ । यो साता नेप्से परिसूचक ८.२५ अंकले बढेको छ । अघिल्लो साता भने बजार करिब ६२ अंकले घटेको थियो । अघिल्लो साता २ हजार ६९.५३ विन्दुमा बन्द भएको बजार यो साता भने बढेर २ हजार ७७.७८ विन्दुमा बन्द भएको छ ।




