सेयर कारोबार लागि टीएमएस चलाउने संख्या २२ लाख नाघ्यो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सेयर कारोबार लागि टीएमएस चलाउने संख्या २२ लाख नाघ्यो

२५ जेठ, काठमाडौं । दोस्रो बजारमा सेयर कारोबारका लागि अनलाइन प्रणाली (टीएमएस)को युजर आईडी लिनेको संख्या २२ लाख नाघेको छ । वैशाख मसान्तसम्म २२ लाख १६ हजार २४७ जनाले युजर आईडी लिएको धितोपत्र बोर्डले जनाएको छ ।

बोर्डले ३२ औं वार्षिकोत्सवका अवसरमा प्रकाशन गरेको लेख विशेषाङ्कअनुसार एक वर्षको अवधिमा टीएमएस लिनेको संख्या करिब ५ लाख बढेको छ । आर्थिक वर्ष २०७९/८० सम्म कुल १७ लाख ३ हजार ५०६ जनाले युजर आईडी लिएका थिए ।

Read More