यी वस्तुमा अग्रिम करको शीर्षकबाट महसुल उठाइँदै


  • Himalayan Bank Limited (HBL)
यी वस्तुमा अग्रिम करको शीर्षकबाट महसुल उठाइँदै

आयातित खाद्य उपजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउन तथा अन्य भन्सार महसुल लगाउन समस्या भएपछि सरकारले अग्रिम कर बढाउने नीति अवलम्बन गरेको छ।

आर्थिक विधेयक २०८१ मार्फत् भन्सार दरबन्दी भाग १, २, ३, ६, ७ र ८ अन्तर्गतका विभिन्न वस्तु तथा उत्पादनमा १० प्रतिशत अग्रिम आयकरको व्यवस्था गरिएको हो। आयातित मूल्यको आधारमा यी वस्तुमा थप १० प्रतिशत कर लाग्ने व्यवस्था गरिएको हो।

जसअनुसार जीवित जन्तु तथा मासु, जीवित, ताजा तथा सबै प्रकारका माछा, फलफूल तथा फलफूल केन्द्रित अन्य उत्पादन, वनस्पतिका जरा तथा गानाहरू र काष्ठफलमा आयत मूल्यको आधारमा भन्सार विन्दुमा १० प्रतिशत अग्रिम आयकर लगाउन थालिएको हो।

Read More