घाटाकाे ब्यापार गर्दै बैंकहरु,सर्वसाधारणबाट महंगाे ब्याजदरमा पैसा लिएर सस्ताे ब्याजदरमा राष्ट्र बैंकमा पैसा राख्दै


  • Himalayan Bank Limited (HBL)
घाटाकाे ब्यापार गर्दै बैंकहरु,सर्वसाधारणबाट महंगाे ब्याजदरमा पैसा लिएर सस्ताे ब्याजदरमा राष्ट्र बैंकमा पैसा राख्दै

बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएपछि बैंकहरु सस्तो ब्याजदरमा नै केन्द्रीय बैंकमा पैसा राख्न बाध्य भएका छन्। निक्षेप बढीरहने तर कर्जा लगानी गर्न नसक्ने अवस्थाको कारण बैंकहरुमा तरलता थुप्रिदै गएको छ।

प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले लगातार तरलता प्रशोचन गर्न थालेको छ। बिहीबार बजारबाट ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको केन्द्रीय बैंकले शुक्रबार फेरि ३० अर्ब तान्ने भएको छ। गत शुक्रबार पनि केन्द्रीय बैंकले २५ अर्ब तरलता बजारबाट खिचेको थियो। राष्ट्र बैंकले बिहीबार लिएको ४० अर्ब रुपैयाँको औसत ब्याजदर ३.०५ प्रतिशत कायम भएको छ।

यो सातामात्रै केन्द्रीय बैंकले ७० अर्ब तरलता बजारबाट प्रशोचन गर्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरी सो तरलता तान्न लागेको हो। अर्कोतर्फ बैंकहरुले आफै पनि स्थायी निक्षेप सुविधा उपयोग गरी केन्द्रीय बैंकमा पैसा राखिरहेका छन्।

नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार बिहीबारसम्ममा बैंकहरुले डेढ खर्ब बढी पैसा राष्ट्र बैंकमा राखेका छन्। निक्षेप संकलन उपकरण मार्फत बैंकहरुले १ खर्ब २६ अर्ब ४५ करोड रुपैयाँ राष्ट्र बैंकमा राखेका छन् भने स्थायी निक्षेप सुविधा उपयोग गरी २५ अर्ब ७० करोड रुपैयाँ राष्ट्र बैंकमा राखेका छन्। स्थायी निक्षेप सुविधामा बैंकहरुले ३ प्रतिशत ब्याज पाउँछन्। यसको मतलब बैंकहरुले करिब ३ प्रतिशत ब्याजमा १ खर्ब ५२ अर्ब १५ करोड रुपैयाँ राष्ट्र बैंकमा राखिरहेका छन्।

Read More