२४ जेठ । ५ वर्षपछि युरोपेली केन्द्रीय बैंक (ईसीबी)ले ब्याजदर कटौतीको घोषणा गरेको छ । १२ जुनदेखि लागू हुनेगरी बैंकको गभर्निङ काउन्सिल बैठकले ०.२५ प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको हो ।
युरोपियन सेन्ट्रल बैंकले २०१९ सेप्टेम्बरपछि पहिलो पटक ब्याजदर घटाएको सञ्चारमाध्यम सीएनबीसीले उल्लेख गरेको छ । तीन किसिमका ब्याजदरमा ०.२५ प्रतिशत विन्दु घटाइएको छ । जसअनुसार ४ प्रतिशत रहेको निक्षेप सन्दर्भ ब्याजदर ३.७५ प्रतिशतमा झारिएको छ ।



