तनहुँ, जेठ २५ गते । उत्पादित सामान बिक्री नहुँदा पेसाबाट पलायन हुनुपर्ने बाध्यता सिर्जना भएको तनहुँका घरेलु तथा साना उद्योगीले बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको ३५ औँ स्थापना दिवसको उपलक्ष्यमा घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी समिति तनहुँको आयोजनामा दमौलीमा गरिएको अन्तर्क्रिया तथा उद्यमीलाई सम्मान कार्यक्रममा अधिकांश व्यवसायीले पिरमर्का परे पनि त्यसमा सरोकारवालाको ध्यान जान नसकेको गुनासो गरे ।
कोभिड–१९ ले गर्दा गरिएको बन्दाबन्दीबाट मुलुकमा देखिएको आर्थिक सुस्तताका कारण घरेलु तथा उद्योगी व्यवसायी पलायन हुने क्रम बढ्न थालेको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी समिति तनहुँका अध्यक्ष कल्पना गौलीले जानकारी दिनुभयो ।



