काठमाडौं । क्रिप्टोकरेन्सी कारोबार नेपालमा गैह्रकानुनी छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले नै यसको कारोबार, माइनिङ्ग र प्रयोगमा पूर्ण रुपमा बन्देज लगाएको छ । क्रिप्टोकरेन्सीबाट नागरिक ठगिने, देशको पुँजी पलायन हुने जस्ता समस्या जोडिएकाले यसलाई राज्यले बारम्बार अवैधानिक भन्दै आएको छ ।
विश्वमा प्रविधिको विकाससँगै लगानीको स्वरुपमा समेत परिवर्तन हुँदै आएको छ । भौतिक कारोबारलाई डिजिटल कारोबारमा रुपान्तरित हुने क्रममा क्रिप्टोकरेन्सीहरुको विकास भएको देखिन्छ ।


