५५ अर्बको माथिल्लो तमोरमा बैंक तथा वित्तीय संस्थाले ३८ अर्ब लगानी गर्ने


  • Himalayan Bank Limited (HBL)
५५ अर्बको माथिल्लो तमोरमा बैंक तथा वित्तीय संस्थाले ३८ अर्ब लगानी गर्ने

निजी क्षेत्रबाट निर्माण हुन लागेको हालसम्मकै सबैभन्दा ठूलो माथिल्लो तमोर जलविद्युत आयोजनामा बैंक तथा वित्तीय संस्थाहरूले ३८ अर्ब ६० करोड लगानी गर्ने भएका छन्।

कुल ५५ अर्ब १५ करोड लागत अनुमान गरिएको २८५ मेगावाटको उक्त आयोजनामा स्व पुँजीमार्फत १६ अर्ब ५५ करोड लगानी गरिने भएको हो।

बैंक तथा वित्तीय संस्थाको ऋण लगानी ७० प्रतिशत र स्वपुँजी ३० प्रतिशत रहने भएको हो।

यो आयोजनाको वित्तीय व्यवस्थापन अन्तर्गत कर्जा सुविधा व्यवस्थापन सहवित्तीकरण अन्तर्गत एभरेष्ट बैंकको अगुवाइ रहने छ।

Read More