सरकार पूँजीबजारमा देखिएको समस्या समाधान गर्न तयार छ : प्रधानमन्त्री


  • Himalayan Bank Limited (HBL)
सरकार पूँजीबजारमा देखिएको समस्या समाधान गर्न तयार छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूँजीबजारमा कायम समस्या समस्या समाधान गर्न तयार रहेको बताएका छन् ।

 साथै उनले उत्पादनशील, रोजगारमूलक र न्यायपूर्ण वितरणसहितको उच्च फराकिलो, दिगो र समावेशी आर्थिक बृद्धि हासिल गर्दै समिष्टगत आर्थिक स्थायित्व कायम गर्न पूँजीबजारको महत्वपूर्ण भूमिका रहने पनि बताएका छन् । 

नेपाल धितोपत्र बोर्ड स्थापनाको ३२औं वर्षमा प्रवेश गरेको अवसरमा शुक्रबार शुभकामना दिंदै उनले सरकारले विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त सुझावहरूको आधारमा पूँजीबजारमा देखिएका समस्याहरु समाधान गर्दै आएको बताएका छन् ।

Read More