सहकारीको समाचार रोक्न रविले गरेको आग्रह नमान्दा मेरो बुबालाई पक्राउ गरियो : सम्भव सिरोहिया


  • Himalayan Bank Limited (HBL)
सहकारीको समाचार रोक्न रविले गरेको आग्रह नमान्दा मेरो बुबालाई पक्राउ गरियो : सम्भव सिरोहिया

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीको विषय मिलाउन गरेको अनुरोध नमान्दा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको बताएका छन्।

सहकारीको बचत अपचलनबारे लगातार लेख्दै आएको कान्तिपुर मिडिया ग्रुपलाई समाचार लुकाइदिन लामिछानेले गरेको आग्रह मानेपछि अध्यक्ष सिरोहिया पक्राउ परेको उनका छोरासमेत रहेका प्रबन्ध निर्देशक सम्भवले बताएका हुन्।

Read More